२० वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

तुइन खोलामा पहिरो

फाइल तस्बिर

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ।

बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ। पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ।

प्रकाशित: २० वैशाख २०८३ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App