२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

सोलुखुम्बुको हुंगा खोलामा पहिरो : १५ मिटरको ड्याम बन्यो

फाइल तस्बिर

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-गुदेलस्थित हुंगा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेको छ।

बाढी पूर्वानुमान महाशाखाले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार शुक्रबार बिहान ८:४० सम्म पनि थप पहिरो खसिरहेको उल्लेख गरेको छ।

महाशाखाले हुंगा खोला, दूधकोशी नदीको तटीय क्षेत्र र आसपास बसोबास गर्ने बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: २६ भाद्र २०८३ ०९:२९ शुक्रबार