११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

कुलेखानी ड्यामको ढोका खोलिएको छैन, पूर्वसावधानीका लागि सडक बन्द

फाइल तस्बिर

कुलेखानी ड्यामको ढोका खोलिएको भन्ने सूचना सत्य नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले स्पष्ट पारेका छन् ।

उनका अनुसार रातिको समयमा कुलेखानी जलाशयको पानीको सतह थप बढ्न सक्ने र आकस्मिक रूपमा ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर देउराली–सिस्नेरी सडकखण्डमा यात्रा प्रतिबन्ध लगाइएको हो ।

ड्यामको ढोका खोल्नुपर्ने अवस्था आए तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने र देउराली–सिस्नेरी सडकखण्डका केही स्थानमा विपद्को जोखिम सिर्जना हुन सक्ने भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरिएको अधिकारीले बताए ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले हालसम्म कुलेखानी ड्यामको ढोका नखोलिएको स्पष्ट पार्दै सम्भावित जोखिमलाई मध्यनजर गरी पूर्वसावधानी अपनाइएको जानकारी दिए ।

उनले ड्यामको ढोका खोलिएको भन्दै फैलिएका सूचनाका कारण अनावश्यक त्रास उत्पन्न हुन सक्ने भएकाले आधिकारिक सूचना मात्रमा विश्वास गर्न आग्रह गरेका छन् ।

 

प्रकाशित: ११ आश्विन २०८३ १८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App