१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

कोशीको उत्कृष्ठ ट्राफिक बने अधिकारी

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी सहायक निरीक्षक) सुमन अधिकारी मंसिर महिनाको कोशी प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।  

ताप्लेजुङबाट विभिन्न क्षेत्रमा गुड्ने कागजात र इञ्जिनको अवस्था शंकास्पद रहेका तथा ५ वटा चार पाङ्ग्रे सवारी नियन्त्रणमा लिई थप अनुसन्धानका लागि तालुक कार्यालय नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी पठाएको, सवारी दुर्घटना न्यूनीकरणको भूमिकाका साथै पार्किङ व्यवस्थापनमा उल्लेख्य काम गरेको भन्दै अधिकारीलाई महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरिएको छ ।  

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीका प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार अधिकारीले ताप्लेजुङ जिल्लामा रहेका स्थानीय तह, संघसंस्थासहितका निकायसँग समन्वय गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको हाता अगाडि ५ मिटर २ फिटको पक्की पर्खाल समेत निर्माण गर्न सफल भई विभागीय जिम्मेवारी,आदेश र निर्देशनको उचित पालना गरी काम गरेका छन् । 

प्रकाशित: ६ पुस २०८२ १५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App