२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

कवाड व्यवसायीले भने- बालेनले हाम्रो पेशा सिध्याए, त्यसै छाड्दैनाैं

फाइल।

कवाड व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न ५ बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्।

कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न तत्काल हस्तक्षेपकारी नीति लिन सरकारलाई उनीहरुको आग्रह छ।

काठमाडौं महानगरका प्रहरीले पछिल्लो दुई वर्षभित्र कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति तत्काल दिनुपर्ने उनीहरूको माग छ।

संवैधानिक हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरपालिकाले गरेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कारबाही हुनुपर्ने लगायत माग उनीहरुको छ। उनीहरुले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने माग गरे।  

पत्रकार सम्मेलनमा कवाड व्यवसायी ओम प्रकाश सिंहले महानगरविरुद्ध सुरु आन्दोलन निर्णायक हुने बताउँदै अब पछाडि नहट्ने बताए। आन्दोलन अब सफल भएरमात्रै टुङ्गिने उनको भनाइ छ।

कवाड आन्दोलन सङ्घर्ष समितिका संयोजक रामकेवल गुप्ताले मेयर बालेन शाहले आफूहरूको पेशा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई त्यसै नछाड्ने चेतावनी दिए।

प्रकाशित: ९ भाद्र २०८२ १५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App