नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा र सोभन्दा अघिपछि हराईंरहेका व्यक्तिका आफन्तहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको आगजनीमा पहिचान खुल्न नसक्ने गरी केही मानव कंकाल भेटिएकाले त्यसको पहिचानका लागि काठमाडौं प्रहरीले उक्त अपिल जारी गरेको हो ।
प्रहरी उपरिक्षक अपीलराज बोहारोले सोमबार जारी गरेको सूचनामा आफन्तहरु हराइरहेको भए प्रहरीको कन्ट्रोल नम्बर १०० वा काठमाडौं प्रहरी परिसरको ९८५१२८३०१२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

आन्दोलनका क्रममा ७२ जनाको मृत्यु भएको छ । त्यसमध्ये ७ जनाको शव पहिचान नहुने अवस्थामा रहेको छ ।
प्रकाशित: ३० भाद्र २०८२ २०:०८ सोमबार





