१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

काठमाडौं महानगरले माग्यो करार सेवामा ४४ कर्मचारी, १५ दिनभित्र आवेदन दिन सकिने

काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारीहरू माग गरेको छ।

करार सेवामा कर्मचारी पदपूर्ति गर्न सूचना जारी गर्दै महानगरले योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने बताएको छ।

बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौं महानगर सेवा करारमा कर्मचारी पदपूर्ति गर्नेसम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो।

नगर प्रहरी जवान (अग्नि नियन्त्रक), हलुका सवारी चालक र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो। महानगरले उक्त पदमा ४४ जनाको स‌ंख्यामा कर्मचारी माग गरेको छ। 

प्रकाशित: २० कार्तिक २०८२ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App