काठमाडौं विश्वकै दोस्रो धेरै प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ। आईक्यू एअरको पछिल्लो तथ्यांकअनुसार बुधबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक १९७ पुगेको छ, जसलाई स्वास्थ्यका दृष्टिकोणले ‘अति अस्वस्थकर’ मानिन्छ।
विश्वका प्रदूषित सहरहरूको सूचीमा भारतको दिल्ली २१६ अंकसहित पहिलो स्थानमा रहेको छ। त्यस्तै, पाकिस्तानको लाहोर १८२ अंकसहित तेस्रो स्थानमा छ। विश्वका १० सबैभन्दा प्रदूषित सहरहरूमा बंगलादेशको ढाका १७९ अंकसहित चौथो स्थानमा रहेको छ।
त्यस्तै, अफ्रिकी मुलुक युगान्डाको कम्पाला पाँचौं स्थानमा परेको छ। शीर्ष १० भित्र भारतका मुम्बई र कोलकाता क्रमशः छैटौं र सातौं स्थानमा रहेका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरू बढी जोखिममा हुन्छन्।
विज्ञहरूले सर्वसाधारणलाई मास्कको प्रयोग गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र बिहानको समयमा घर बाहिर गरिने व्यायामहरू कम गर्न सुझाव दिएका छन्। यस प्रदूषणको मुख्य कारणका रूपमा लामो समयदेखि वर्षा नहुनु, सवारी साधनको धुवाँ, निर्माण कार्यबाट निस्कने धूलोलगायतलाई मानिएको छ।
विश्वका १० सबैभन्दा प्रदूषित सहरहरू हेर्नुस्:
| श्रेणी | सहर | वायु गुणस्तर सूचकांक (AQI) | अवस्था |
|---|---|---|---|
| १ | दिल्ली, भारत | २१६ | अति अस्वस्थकर |
| २ | काठमाडौं, नेपाल | १९७ | अस्वस्थकर |
| ३ | लाहोर, पाकिस्तान | १८२ | अस्वस्थकर |
| ४ | ढाका, बंगलादेश | १७९ | अस्वस्थकर |
| ५ | कम्पाला, युगान्डा | १७५ | अस्वस्थकर |
| ६ | मुम्बई, भारत | १५९ | अस्वस्थकर |
| ७ | कोलकाता, भारत | १५८ | अस्वस्थकर |
| ८ | डकार, सेनेगल | १५३ | अस्वस्थकर |
| ९ | याङ्गुन, म्यानमार | १३४ | संवेदनशीलका लागि अस्वस्थ |
| १० | तास्कन्द, उज्बेकिस्तान | १३० | संवेदनशीलका लागि अस्वस्थ |
प्रकाशित: २७ फाल्गुन २०८२ ११:१८ बुधबार





