१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

‘के-फुड’ कार्यक्रम: जिब्रोमा कोरियाको स्वाद, मनमा पुराना याद

नेपालस्थित कोरियाली दूतावासले काठमाडौंमा ‘के-फुड’ कार्यक्रम आयोजना गरेको छ।

कोरियामा काम तथा अध्ययन गरी फर्केका नेपालीहरूलाई लक्षित गरी शनिबार आयोजित कार्यक्रममा सहभागीहरूले कोरियाली परिकारको स्वाद लिँदै आफ्ना अनुभव र सम्झना साटासाट गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि कोरियाका राजदूत थेयङ पार्कले कोरियामा बहुमूल्य समय बिताएर फर्केका नेपालीहरूले आफ्नो परिवार र साथीभाइहरूसँग कोरियाली खानामार्फत ती अविस्मरणीय क्षणहरू साझा गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गरिएको बताए।

उनले नेपालमा के-पप, के-ड्रामा र के-फुडजस्ता कोरियाली संस्कृतिको बढ्दो प्रभावको प्रशंसा गर्दै यसले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएकोमा जोड दिए।

उक्त कार्यक्रम गत अगस्टमा काठमाडौंमा सम्पन्न ‘के-फुड उद्यमशीलता तालिम’ कै एक हिस्सा भएको दूतावासले जनाएको छ।

यो कोरियाबाट फर्केका कामदारहरूको पुनर्एकीकरणलाई सघाउने कोरियाली सरकारको निरन्तर प्रयासको एक अंश हो। कोरियाली सरकारले नेपालमा रोजगारी सिर्जना र अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्यसहित नेपाली युवाहरूका लागि दिगो स्टार्टअप इकोसिस्टम निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

राजदूत निवासमा आयोजना गरिएको उक्त कार्यक्रममा दूतावासका कर्मचारीसहित ३५ जनाभन्दा बढीको सहभागिता थियो।

प्रकाशित: २२ कार्तिक २०८२ २०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App