५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

विधेयकको विरोधमा पत्रकार

कोशी प्रदेश सरकारले सञ्चार माध्यम र पत्रकारलाई कडाई गर्ने गरी ल्याएको आमसञ्चार विधेयक तत्काल सच्चाउनुपर्ने माग राख्दै बिहीबार प्रदेशभरका जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।  

समाचार लेखेकै आधारमा पत्रकारलाई जरिवानागर्ने, दर्ता खारेजी, प्रेस रजिष्ट्रारलाई अदालतले जस्तो निर्णयको अधिकार दिने जस्ता प्रावधान खारेज गर्न माग गर्दै प्रदेशभरका १४ वटै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको हो ।  

जिल्ला शाखाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको हो । यस्तै, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको अगुवाइमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यालय अगाडि पनि धर्ना दिएको छ ।  

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अगुवाइमा प्रदेशभरका पत्रकार भदौं ९ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।  

पहिलो दिन सामाजिक सञ्जालमार्फत प्रेस स्वतन्त्रता विरोधि प्रावधान खारेज गर्न माग गर्दै सन्देश पोस्ट गरिएको थियो । भदौ १० गते मुख्यमन्त्री कार्कीलाई नेपाल पत्रकार महासंघको टोलीले ध्यानाकर्षण पत्र बुझाएको थियो । भदौ ११ गते  पत्रकारले आफ्ना जिल्लाका प्रदेश सभा सदस्यलाई सोही सन्देश एसएमएसमार्फत पठाएका थिए ।  

आन्दोलनकै क्रममा शुक्रबार दिउँसो झापा, मोरङ्, सुनसरीलगायतका उपलब्ध पत्रकारले विराटनगर देवकोटा चोकमा एक घण्टा धर्ना दिने कार्यक्रम तय भएको छ । पत्रकारले श्रृखलाबद्ध आन्दोलन चर्काएसँगै मुख्य राजनीतिक दलका नेताले यसबारे गम्भीर चाँसो लिएर छलफल थालेका छन् । छलफलका क्रममा विधेयकमा त्रृटि रहेको राजनीतिक दलका नेताले स्वीकार गरेका छन् । 

प्रकाशित: १२ भाद्र २०८२ १७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App