२ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

साइबर ब्युरोबाट पत्रकार श्रेष्ठले भने : समाचार लेखेकै कारणले पक्राउ गरियो, पेसागत धर्म छोडिन्न

जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरोले छलफलका लागि भन्दै ल्याएको छ।

पन्तको उजुरीपछि ब्युरोको टोलीले उनलाई लिन शनिबार बिहान नख्खुस्थित निवासमै पुगेको थियो। टोलीले उनलाई छलफलका लागि ब्युरो ल्याएको हो।

पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै श्रेष्ठले आफूलाई घरबाटै प्रहरीले ल्याएको बताए। उनले प्रहरीसँगै आएको र छलफलका क्रममा आफ्नो कुरा राख्ने बताएका छन्।

समाचार लेखेकै कारणले आफूलाई प्रहरीले ल्याएको श्रेष्ठको भनाइ छ।

'म उहाँहरूसँगै आएको हुँ। अब छलफल हुन्छ, आफ्नो कुरा राखिन्छ,' श्रेष्ठले भने, 'आफ्नो पेसागत धर्म निर्वाह गरिन्छ।'

प्रकाशित: ३१ आश्विन २०८३ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App