२८ वैशाख २०८३ सोमबार
image/svg+xml
समाज

पत्रकार हमाललाई ‘गोल्डमेडल’

गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार चाँदनी हमालले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गरेकी छन्।

आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम भएपछि उनलाई पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा मंगलबार उक्त स्वर्ण पदक प्रदान गरिएको हो।

उनलाई विश्वविद्यालय परिसर मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आयोजित एक समारोहमा शिक्षामन्त्री सस्मित पोखरेललगायत अतिथिहरूले मेडलसहित सम्मान प्रदान गरेका थिए।  

काठमाडौँस्थित कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२२’ की छात्रा पत्रकार हमालले ३.५७ जिपिए अङ्कसहित ‘एमएएमसिजे’ कार्यक्रममा विश्वविद्यालय टप गरेकी हुन्।  

पत्रकार हमालले चारवटा विषयमा (आमसञ्चारसहित राजनीतिशास्त्र, समाजशास्त्र, कानुनण मा स्नातकोत्तर गरेकी छन् भने सार्वजनिक प्रशासनमा अध्ययन गरिरहेकी छन्। विगत ८ वर्षदेखि काठमाडौँस्थित गोरखापत्र संस्थानमा आबद्ध पत्रकार हमालको पत्रकारिता यात्रा विगत २७ वर्षदेखि जारी छ।

प्रकाशित: ८ वैशाख २०८३ २१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App