२७ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

पत्रकार गौतमको उपचारका क्रममा निधन

गोरखापत्र दैनिकका पूर्वसम्पादक वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको शनिबार बिहान निधन भएको छ।

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि शनिवार बिहान सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको शव हाल अस्पतालमै राखिएको र आइतबार दाहसंस्कार गरिने अग्रज पत्रकार विष्णु निष्ठुरीले जानकारी दिए ।

‘उहाँको छोरी भोलि लन्डनबाट आइपुग्नुहुन्छ । त्यसपछि पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्तेष्टि गरिने जानकारी पाएका छौं,’ उनले भने ।  

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि आइतबार थप परीक्षणका लागि चिकित्सकले समय दिएका थिए। तर, शनिबार बिहान निकै गाह्रो भएपछि थानकोटबाट सशस्त्र प्रहरी अस्पताल लगिएको थियो। उनी लामो समयदेखि मृगौला, कलेजो र फोक्सोको समस्याबाट पीडित थिए ।  

२०१६ माघ ७ गते इलाममा जन्मिएका गौतम थानकोटमा बस्दै आएका थिए। विभिन्न पत्रिकाका स्तम्भकारका रुपमा काम गरिसकेका उनीमा नेपाल टेलिभिजन, रेडियो नेपालमा पनि काम गरेको अनुभव थियो ।

प्रकाशित: २७ भाद्र २०८३ १५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App