२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

पत्रकार धनबल राई 'धनकेशर-अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार'बाट सम्मानित

'धनकेशर-अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार' पत्रकार धनबल राईलाई प्रदान गरिएको छ।  

पत्रकार राई किरात राई यायोक्खाको ३९औं स्थापना दिवसका अवसरमा 'धनकेशर-अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार'बाट नगद २५ हजारसहित ताम्रपत्रका साथ पत्रकार राईलाई सम्मान गरिएको हो।  

शुक्रबार यायोक्खाको स्थापना दिवसका अवसरमा ललितपुरमा आयोजित एक समारोहका बीच यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचोबाट पत्रकार राई सम्मानित भएका हुन्।

एक दशकभन्दा अगाडिदेखि पत्रकारिता गरिरहेका राईले नागरिक दैनिकसहित विभिन्न अनलाईन, टेलिभिजन र रेडियोमा काम गरेका छन्।

प्रकाशित: २२ श्रावण २०८३ १८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App