८ असार २०८३ सोमबार
image/svg+xml
समाज

वडाध्यक्षमाथि मुक्का प्रहार गरेको आरोपमा पत्रकार पक्राउ

कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।

एक सार्वजनिक कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ परेकी हुन्। घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो देख्न सकिन्छ। अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। साथै भिडियो भाइरल भएपछि पत्रकार कुँवरको चर्को आलोचना समेत भइरहेको छ।

कुँवरले भने आफ्नो फेसबुकमा भिडियो शेयर गर्दै वडाध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।

प्रकाशित: ८ असार २०८३ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App