जेन-जी को आन्दोलनले उग्ररुप लिएपछि पोखरामा कर्फ्यु लगाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले अर्को आदेश नभएसम्मका लागि भन्दै कर्फ्यू आदेश जारी गरेकी हुन् ।
आदेशमा शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म कर्फ्यु लगाइएको छ ।
आन्दोलनकारीले प्रदर्शनका क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन भन्दै कर्फ्यु लगाएको प्रशासनले स्पष्ट पारेको छ ।
प्रदर्शनका क्रममा ३० जना घाइते भएका छन्। प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २३ भाद्र २०८२ १५:४५ सोमबार





