२४ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

भैलो खेल्न जाँदै गरेको जिप दुर्घटना, पाँच घाइते

मुगुको सोरु गाउँपालिका-६ गजेडीस्थित झ्यालेखोलामा भैलो खेल्ने टोली सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। 

ब्रेक फेल भएर जिप सडकको भित्तामा ठोक्किँदा मंगलबार दिउँसो दुर्घटना भएको हो।

सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको बा १८ च ४१८ नम्बरको जिप दिउँसो करिब १ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए। उनका अनुसार जिपमा चालकसहित १२ जना सवार थिए।

दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये सोरु-९ कालैका १९ वर्षीय गणेश ऐडीको अवस्था गम्भीर छ। उनको टाउको र निधारमा चोट लागेको छ। अन्य घाइतेमा चालक उपेन्द्र परियार, निर्मला ऐडी, करिस्मा ऐडी र अन्तिम योगी छन्। प्रहरी टोलीले पाँचै जनाको उद्धार गरी उपचारका लागि सिपस्थित जिमा स्वास्थ्य चौकी पठाएको छ।

प्रकाशित: २४ कार्तिक २०८३ १६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App