२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

मुगुमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्ला स्थित ताल्चा रारा कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आइतबार दिउँसो सडकबाट अन्दाजी ६०० फिट तल खसेको थियो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा काठमाडौंका तीन जनाको मृत्यु भएको छ । काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षिीय पूर्णबहादुर थापाको मृत्यु भएको हो । 

त्यस्तै, ललितपुरकी ५४ वर्षीया अञ्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् । उनीहरू रारा जाँदै थिए।

उक्त जिप ललितपुर महानगरपालिका–१५ बस्ने ५८ वर्षीय कञ्चन थापाले चलाएका थिए । घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको डिएसपी रविराज थपलियाले बताए। चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App