२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

भेरीमा जिप खस्यो: दुई बेपत्ता, अन्य दुई पौडिएर निस्किए

फाइल तस्बिर

सल्यानको बनगाड नगरपालिकामा यात्रुसहितको जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ।

बुधबार दिउँसो करिब साढे १ बजे बालुवासंग्रहीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप सडकबाट अनियन्त्रित भई भेरी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीका अनुसार जिपमा सवारमध्ये दुई जना नदीबाट पौडिएर बाहिर निस्कन सफल भएका थिए। उनीहरूको सल्लीबजारमा उपचार भइरहेको छ।

तर जिपमा रहेका थप दुई जना भने जिपसहित नदीमा बेपत्ता भएका छन्। दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा टोली परिचालन गरी बेपत्ताको खोजी तथा उद्धारको प्रयास थालेको छ।

दुर्घटनाको कारण र जिपमा सवार यात्रुको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २७ श्रावण २०८३ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App