धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।
बिहीबार राति १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको हो।
दुर्घटनामा जिपमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ की अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ।
घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित: ४ मंसिर २०८३ ०९:१३ शुक्रबार





