८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

जाजरकोट आगलागीः उपचाररत एक महिलाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका-२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत चैत २९ गते आइतबार बिहान ग्यास सिलिन्डर लिक भई स्थानीय ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा तीन जना घाइते भएका थिए ।

घाइते भएकामध्ये ठालुप्रसादकी श्रीमती ४२ वर्षीया माया जैशीको काठमाडौंस्थित कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट सूचना अधिकारी एक्कबहादुर नेपालीले बताए ।

आगलागीमा परी घाइते भएका अन्य दुई जना रुपा जैशी र ठालुप्रसादका छोरा गणेश गौतमको काठमाडौंमै उपचार भइरहेको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगन्ज पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंमा लगिएको थियो । 

प्रकाशित: ८ वैशाख २०८३ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App