९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

बाढी प्रभावित क्षेत्रबाट ल्याइएका विद्यार्थीबारे जानकारी दिन निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रबाट ल्याइएका विद्यार्थीहरुका बारेमा जानकारी दिन निर्देशन दिएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बाढी जानु अघिनै काठमाडौंका विद्यालयहरुमा भर्ना भएका  र बाढीका कारण अविभावक संग सम्बन्ध टुटेका विद्यार्थीहरुको विस्तृत जानकारी तयार पारेर दिन निर्देशन दिएको हो। 

निजी , आवासिय ,र सरकारी विद्यालय तथा गुम्बा र अनाथलयमा राखिएकाहरुको  साता भित्र सबै विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ। 

त्यस्तै बाढी पश्चात प्रभावित क्षेत्रबाट उद्धार गरेर ल्याइएका अभिभावक विहिन बालबालिकाका सम्बन्धमा पनि प्रशासनले खोजि गरेको छ। 

बाढीका कारण अभिभावक विहिन भएका बालबालिकालाई ल्याउने र विभिन्न सेल्टर , गुम्बा, अनाथालयमा लुकाइछिपाई प्रलोभवनमा पारेर राखेको भेटिए कारवाही गरिने पनि जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ। 

प्रकाशित: ९ आश्विन २०८३ १८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App