३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

इनिशा विक हत्या प्रकरणः दोषीलाई हदैसम्मको कारबाही माग

इनिशा विकको हत्या र बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दै मंगलबार संयुक्त राजनीतिक दलित संघर्ष समिति ताप्लेजुङले सरकारलाई ज्ञापन पत्र बुझाएको छ।  

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको समितिका अध्यक्ष नेत्र नेपालीले जानकारी दिए। 

समितिले निमित्त प्रमुख जिल्ला अधिकारी यादव भट्टराईमार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन्।  

पत्रमा उक्त घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, अनुसन्धान कमजोर पार्न भइरहेको राजनीतिक तथा प्रशासनिक दबाब अन्त्य गरी घटनाको निष्पक्ष छानबिन र दोषी उपर हदैसम्मको कारबाहीको माग गरिएको छ।  

यसअघि समितिले फुङलिङमा मौन प्रर्दशन गरेको थियो। 

प्रकाशित: ३ चैत्र २०८२ १८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App