कोशी, मधेस र बागमती प्रदेशमा दक्षिण-पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो। आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबिच रहने छ।
प्रकाशित: १६ मंसिर २०८२ ०६:४२ मंगलबार

