रौतहटको बौधिमाई नगरपालिका–८ स्थित मौलापुर–बंकुल भित्री सडकखण्डमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको बीआरओ०५एयू ०९०५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक परोहा नगरपालिका–९ निवासी लालबाबु दासका छोरा अन्दाजी २८ वर्षीय जितेन्द्र दास गम्भीर घाइते भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
प्रकाशित: १५ आश्विन २०८३ १०:५६ बिहीबार



-600x400.jpg)

