२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

जङ्गी अड्डा हेर्न भारतीय नेसनल डिफेन्स कलेजको टोली नेपालमा

नेपालको जङ्गी अड्डा हेर्न भारतीय नेसनल डिफेन्स कलेजको टोली काठमाडौं आएको छ ।  

आइतबार भारतीय नेसनल डिफेन्स कलेजमा सञ्चालन भई रहेको नेसनल डिफेन्स कोर्षमा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थीसहितको अध्ययन भ्रमण दल काठमाडौं आएको हो ।  

यसक्रममा प्रधानसेनापति अशोक राज सिग्देल र भारतीय नेसनल डिफेन्स कलेजका अतिरिक्त सचिव आईआरपीएस रेखा यादवबीच शिष्टाचार भेट भएको छ । जङ्गी अड्डा भ्रमणका क्रममा भएको भेटमा नेपाली सेना र सेनाले गरेको कामका बारेमा छलफल भएको थियो ।  

भ्रमण टोलीलाई सेनाको भूमिका बारे जानकारी गराइएको थियो ।  

छिमेक अध्ययन यात्रा अन्तर्गत नेपाल भ्रमणमा आएको दलले काठमाडौं लगायत नेपालको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।  

यस्ता अध्ययन भ्रमणबाट अनुभवको आदानप्रदान एवं सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्ने र नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित: १५ भाद्र २०८२ २१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App