१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
समाज

चितवनको जलबिरेमा कार खस्दा भारतीय नागरिकको मृ’त्यु

चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे लामो झरना घुमेर फर्कंदै गरेको भारतीय नम्बरको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

बुधबार दिउँसो करिब २:३० बजे डब्लूबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई सडकबाट जलबिरे झरनाको खोलामा खसेको हो।

दुर्घटनामा ज्यान गुमाएका पुरुषको साथबाट भारत, पश्चिम बंगालस्थित कालिम्पोङ ठेगाना भएका ४१ वर्षीय सायन्तन गायेनको नाममा जारी राहदानी फेला परेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा कारमा चालक मात्र सवार थिए। घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App