१८ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

मधेसमा चहलपहल बढ्दै

अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ।

सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो। गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात् मधेस प्रदेशमा लयमा फर्किन थालेको हो। धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्युु तथा निषेधाज्ञा हटेको छ।

उक्त स्थलमा यातायातका साधन सञ्चालन हुनाका साथै बजार सञ्चालनमा आएको छ । स्थानीय विनोद साहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताए। सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई सूचना जारी गर्दै आग्रह गरेको छ।

प्रकाशित: १८ श्रावण २०८३ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App