६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

रविले भने- प्रधानमन्त्रीको अमेरिका भ्रमण सफल होस्, राष्ट्रिय हित सशक्त रूपमा उठोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गरेका छन्।

उनले यो भ्रमणमार्फत नेपालको राष्ट्रिय हित अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत हुन सकोस् भन्दै भ्रमण सफलताको कामना गरेका हुन्।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत शुभकामना जारी गर्दै सभापति लामिछानेले प्रधानमन्त्रीको अमेरिका भ्रमण अर्थपूर्ण बनोस् भन्ने शुभेच्छा प्रकट गरे।

‘संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक शुभकामना,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल होस्। शुभेच्छासहित स-प्रेम शुभकामना।’

प्रकाशित: ६ आश्विन २०८३ २१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App