अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गर्दा सो खण्डमा यातायात अवरुद्ध भएको छ।
यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको छ।
प्रकाशित: २४ आश्विन २०८३ १०:०९ शनिबार





