बिहीबारदेखिको लगातार वर्षासँगै आएको लेदो र पहिरोले बिपी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार चौकीडाँडा, चारसय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना र नार्केललगायत स्थानमा पहिरो खसेर सडक बन्द भएको हो।
अहिले पनि वर्षा भइरहेका कारण प्रहरीले सडक सुचारु गर्न समय लाग्ने जानकारी दिएको छ।
बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवातका कारण देशभर नै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि मौसममा सुधार हुने अनुमान गरिएको छ।
प्रकाशित: १४ कार्तिक २०८२ ०८:३० शुक्रबार





