२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
समाज

पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्य बदली, बाँकी क्षेत्रमा आंशिक बदली छ।

आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका पहाडमा थोरै स्थानमा हल्का–मध्यम वर्षासहित हिमपात, अन्य पहाडमा एक–दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम तराईमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति बागमती, गण्डकी, लुम्बिनी र पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका पहाड–हिमालमा थोरै स्थानमा हल्का–मध्यम वर्षा, उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १९ कार्तिक २०८२ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App