५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

फ्रान्स, ईण्डोनेशिया र अमेरिकी नागरिकलाई अध्यागमन विभागको कारबाही

तीनदेखि ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध

अध्यागमन विभागले नेपालमा गैर कानुनी रुपमा बसोबास गरिरहेका फ्रान्स, ईण्डोनेशिया र अमेरिकी नागरिकलाई कारबाही गरेको छ ।  भिसाको उद्देश्य विपरीत बस्दै गैर कानुनी गतिविधिमा संलग्न विदेशी नागरिकलाई विभागले कारवाही गरेको  हो । फ्रान्स, ईण्डोनेशिया र अमेरिकाबाट नेपाल आएका केही नागरिकलाई जरिवानासहित देश निकालासम्मको कारबाही गरेको विभागले जनाएको छ ।  

उनीहरूले पर्यटक तथा अध्ययन भिसा लिएर नेपाल प्रवेश गरे पनि व्यवसाय सञ्चालन, नगद तथा डिजिटल कारोबारमा संलग्न, कुरान र टर्किस भाषा पढाउने, धर्म प्रचार गर्ने, बालगृहका बालबालिकालाई इसाई धर्म सिकाउने जस्ता गतिविधि गर्दै आएको पाइएको विभागले जनाएको छ।

भिसाको प्रयोजन विपरीत धर्म परिवर्तन, सन्दिग्ध आचरण र प्रत्यक्ष व्यावसायिक गतिविधि सञ्चालन गरेको प्रमाण भेटिएपछि उनीहरूलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ ।  

कारवाही अनुसार तीन वर्षसम्म पुनः नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरिएको छ भने कतिपयलाई ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ। साथै ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।

विभागले भिसाको दुरुपयोग गर्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिँदै नेपालमा बस्ने विदेशी नागरिकलाई नियम-कानुनको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

विभागले जारी गरेको सूचना पढ्नुहोस्

प्रकाशित: २२ भाद्र २०८२ १६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App