१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

निर्माणमा ढिलासुस्ती गर्नेलाई तत्काल कारबाही हुने, यस्तो छ ९ बुँदे परिपत्र

कडाइ थालेको मन्त्रालयले नियमित अनुगमन गर्ने, जवाफदेहिता अनिवार्य

भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षका निर्माण आयोजनाहरूलाई तीव्र गतिमा अघि बढाउन मातहतका निकायहरूलाई कडा निर्देशन दिएको छ।

मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रमा निर्माण कार्यमा देखिँदै आएको ढिलासुस्ती अन्त्य गर्न, नियमित अनुगमन गर्न र प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न भनिएको छ। आयोजनाको कार्यान्वयनमा देखा परेका समस्या तत्काल पहिचान गरी समाधान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न समेत निर्देशन दिइएको छ।

परिपत्रमा मूल्य समायोजनसम्बन्धी व्यवस्था कन्ट्रयाक्ट डकुमेन्टअनुसार लागू गर्न र त्यसमा कुनै समस्या आएमा तुरुन्त मन्त्रालयमा जानकारी गराउन भनिएको छ।

त्यस्तै, कुनै आयोजनाको काम सुचारु नभएमा सम्बन्धित आयोजना प्रमुख र निर्देशकलाई जिम्मेवार ठहर गरिनेछ भने निर्माणस्थलमा उल्लेख्य प्रगति नभए कार्यालय प्रमुखलाई जवाफदेही बनाइने व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

प्रकाशित: २३ वैशाख २०८३ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App