१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

कालिकोट दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

जुम्लादेखि सुर्खेतका लागि छुटेको फोर्स गाडी दुर्घटनामा परि घाइते सबै सात जनाको पहिचान खुलेको छ ।  

शुक्रबार विहान साढे ८ बजे कालिकोटको खाँडाचक्र नगरपालिका १० गोलुवा नजिकै सवारी साधन दुर्घटनामा परेको थियो । गाडी अनियन्त्रित भई करिब १ सय मिटर तल खसेको थियो।  

प्रहरीका अनुसार, गाडीमा सवार ७ जना यात्रु थिए। दुर्घटनामा चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका अन्दाजी ३० वर्षका लालबहादुर बस्नेत, सहचालक कालीकोट सुभकालिका गाउँपालिकाका अन्दाजी २१ वर्षका प्रकाश शाही तथा यात्रुहरु जुम्लाको हिमा गाउँपालिकाका अन्दाजी २८ वर्षका रविन परियार र उनको ५ वर्षका छोरा सुमन परियार, सोही गाउँकी १६ वर्षकी अबिगेल परियार, हिमा गाउँपालिकाका अन्दाजी २५ वर्षकी गंगा परियार र कालीकोट तिलागुफा नगरपालिकाका अन्दाजी वर्षका २० को प्रकाश शाही छन्।  

शरीरका विभिन्न अंगमा चोटपटक लागेका उनीहरुको जिल्ला अस्पताल मान्म कालीकोटमा उपचार भईरहेको छ। चालक बस्नेतको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २३ श्रावण २०८२ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App