२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

हुंगा खोला आंशिक रूपमा खुल्यो, उच्च सतर्कता अपनाउन आग्रह

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ र ४ स्थित हुंगा खोला पहिरोले थुनिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

शुक्रबार बिहान करिब ७ बजे गौरिशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा नदीको बहाब अस्वाभाविक रूपमा बढ्न सक्ने जोखिम रहेको बताइएको छ।

हाल खोलाको बहाब आंशिक रूपमा सुचारू भए पनि हुंगा खोला, दुधकोशी नदी तटीय क्षेत्र र आसपासका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २६ भाद्र २०८३ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App