१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङमा १३ सय ४२ किशोरीलाई एचपीभी खोप

ताप्लेजुङमा करिब साढे १३ सय किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप दिइने भएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप अधिकृत दिनेश रायका अनुसार यही माघ २८ गतेदेखि फागुन १ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुने छ।

खोप अभियानमा एक हजार ३४२ जनालाई एचपीभी खोप प्रदान गरिने लक्ष्य रहेको खोप अधिकृत रायले जानकारी दिए। अघिल्लो वर्षको अभियानमा कम मात्रै किशोरी खोप लगाउन छुटेका रायले बताए। 

‘अघिल्लो वर्ष अहिलेसम्म दुई जना छुटेको देखिएको छ, छुटेका अरु भेटिए लक्षित उमेर समूहलाई हामी खोप अभियानमा समावेश गर्ने छौँ’ रायले भने। १० देखि १४ वर्ष उमेर समूहका विद्यालयमा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेकालाई समेत खोप अभियानमा समावेश गरिने स्वास्थ्य कार्यालयले बताएको छ।

एचपीभी खोप अभियानका लागि ताप्लेजुङमा २ सय ७ वटा खोप केन्द्र निर्धारण भएका छन्। अधिकांश खोप केन्द्र विद्यालयमा रहने देखिएको छ। खोप अभियानका क्रममा २ सय ३ जना स्वास्थ्यकर्मी तथा २ सय ७ जना स्वयंसेविका खटिने भएका छन्। खोपको अनुगमन तथा सुपरिवेक्षणका क्रममा ७६ जना जनशक्ति परिचालित हुने खोप अधिकृत रायले जानकारी दिए।

प्रकाशित: २५ माघ २०८२ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App