२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

‘बन्द गरिसके भनेको तपाईं अझै कसरी स्वास फेरिरहनुभएको छ?’

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल एक्समा कृत्रिम बुद्धिमत्ता (एआई) लाई लक्षित गर्दै चटपटे र व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। 

उनले एआईलाई ‘चक्रे’ सम्बोधन गर्दै कर तिर्न र सामग्री फिल्टर गर्न आग्रह गरेका छन्, नत्र ‘गोर्खेले सिस्नुपानीको भाटे कारबाही गर्ने’ भन्दै रमाइलो तरिकाले चेतावनी दिएका छन्।

हालै एक कार्यक्रममा कलाकार मनोज गजुरेल एआई बनेको प्रशंग निकाल्दै बास्कोटाले एक्समा लेखेका छन्, ‘ओ चक्रे ए आई ! मान्छेले बन्द गरीसके भनेको तपाइँ अझै कसरी स्वास फेरिरहनुभएको छ? तिमीले भन्न सक्नु हुन्छ? कर तिर्नुस् र कन्टेन्ट फिल्टर गर्नु भनेको मान्दैन भने तिमी सिस्नुपानीको भाटे कारबाही गर्छ गोर्खेले भन्ने त थाहै होला। नभए गोर्के कि गजुरेललाई सोध है?’

बिहीबार फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। तर अहिले पनि केही सामाजिक सञ्जाल चलिरहेका छन्। यसलाई लिएर उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रकाशित: २० भाद्र २०८२ ०८:२६ शुक्रबार