२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

गृहमन्त्री गुरुङले मध्यरातमै यादवको घर पुगेर गरे सात बुँदे सहमति (पत्रसहित)

निष्पक्ष छानबिन र न्यायको प्रतिबद्धता

सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ शुक्रबार मध्यरातमा सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीस्थित निवास पुगेका छन्।

गृहमन्त्री गुरुङले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता जनाएका छन्। उनले पीडित परिवारलाई न्याय दिलाउन सरकारले आवश्यक सबै पहल गर्ने विश्वाससमेत दिलाएका छन्।

भेटपछि मन्त्री र मृतकका अभिभावकबीच ७ बुँदे सहमति भएको छ। सहमति अनुसार गणेश यादवलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने, परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था मिलाइने तथा मृतकको सम्झनामा स्थानीय तहसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिने उल्लेख छ।

त्यस्तै, छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने र मृतकको अन्त्येष्टि शनिबार बिहान १० बजे गर्ने सहमति पनि भएको छ।

सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएपछि मधेस प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएको थियो। घटनापछि सरकारमाथि निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्याय दिन व्यापक दबाब बढिरहेको छ।

सम्झौता पत्र हेर्नुस्

प्रकाशित: १६ श्रावण २०८३ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App