८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

गृहमन्त्री गुरुङले पनि बोके इन्स्पेक्टर लामाको शव

सवारी दुर्घटनामा ज्यान गुमाएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको अन्त्येष्टि गरिएको छ। 

बिहीबार निधन भएका लामाको दाहसंस्कारमा सहभागी हुन स्वयम्भू पुगेका गृहमन्त्री सुधन गुरुङले उनको शव आफैँले बोकेर सम्मान प्रकट गरेका हुन्। 

अन्त्येष्टि कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति थियो।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ स्थायी घर भएका ३३ वर्षीय लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए। गत चैत २९ गते ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको बिहीबार मृत्यु भएको हो।

प्रकाशित: ४ वैशाख २०८३ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App