इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको पन्ध्र सयौँ जन्मोत्सवमा कपिलवस्तुका ८ पालिकाले बिदा दिएका छन् ।
मुस्लिम समुदायको दोश्रो बढी जनसंख्या रहेको कपिलवस्तुका ४ नगर र ४ गाउँपालिकाले स्थानीय बिदा दिएको हो ।
महाराजगंज, कपिलवस्तु, शिवराज र कृष्णनगर नगरपालिका तथा मायादेबी, सुद्धोधन, बिजयनगर र यशोधरा गाउँपालिकाले सूचना निकाल्दै सो अवसरमा भदौ २० गते शुक्रबारका लागि बिदा दिएको हो । आकस्मिक बाहेक वडा र नगरपालिकाका सबै सेवाहरु शुक्रवार बन्द रहने जनाइएको छ ।
प्रकाशित: १९ भाद्र २०८२ १७:३५ बिहीबार

