९ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

मोहम्मद जयन्तीमा कपिलवस्तुका आठ स्थानीय तहमा बिदा

मोहम्मद जयन्तीको अवसरमा जिल्लाका आठ स्थानीय तहले बुधबार सार्वजनिक बिदा दिएका छन्। मोहम्मदको १५०१औँ जन्मदिनको उपलक्ष्यमा जिल्लाका १० मध्ये ८ पालिकाले बिदा दिएका हुन्।

इस्लाम धर्मावलम्बीहरूको विशेष पर्व बारा रबिउल अव्वल अर्थात् इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनमा बिदा दिइएको हो।

जिल्लाका कृष्णनगर, शिवराज, कपिलवस्तु, महाराजगन्ज नगरपालिकाका साथै विजयनगर, शुद्धोधन, यशोधरा र मायादेवी गाउँपालिकाले पनि बिदा दिएको सार्वजनिक सूचना गरेका छन्।

आकस्मिक स्वास्थ्य सेवाबाहेक स्थानीय तहका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, शिक्षण संस्था र मातहतका सम्पूर्ण संस्थालाई बिदा दिइएको छ। कपिलवस्तुमा मुस्लिम समुदायको अधिक बसोबास रहेको छ।

प्रकाशित: ९ भाद्र २०८३ १७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App