९ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

उच्च अदालत सुर्खेत इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्यौट गरेको छ। जुम्ला इजलासका मुख्य न्यायाधीश वसन्तराज पौडेलले गत आर्थिक वर्ष २०८२–८३ मा दर्ता भएकामध्ये ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्यौट गरिएको बताएका छन्। 

उनका अनुसार, नयाँ दर्ता भएका ३२१ र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका १५ सहित ३२१ वटा मुद्दा फछ्यौट भएको छ। 

उक्त अवधिमा दर्ता भएका १५ वटा मुद्दा भने फैसला हुन बाँकी रहेको जानकारी दिइएको छ। त्यसअवधिमा थुनुवासम्बन्धी मुद्दा ११६ परेकामा ११५ वटा फछ्यौट भएको छ। उक्त अदालतले पुराना मुद्दालाई शून्यमा झार्ने लक्ष्य राखेको छ। 

चार जना न्यायाधीशको दरबन्दी रहेको उक्त अदालतमा हाल तीन जना कार्यरत रहेको जानकारी दिइएको छ।  

प्रकाशित: ९ भाद्र २०८३ १६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App