४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

बेपत्ता भनिएका हायु परिवार फेवाताल घुम्दै, गरे ताल बाराही मन्दिरको दर्शन

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता हायु परिवारले फेवाताल घुमघाम गरेका छन्। चार दिनदेखि बेपत्ता भएर खोजी भइरहेका उनीहरू हिजो साँझ पोखरा–३० गगनगौंडामा फेला परेका थिए। व्यापक खोजीपछि फेला परेका उनीहरूलाई ज्वाइँ नाता पर्ने आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको थियो।

घरबाट हिँड्दा १६ जना भनिएपछि बिचमा थपिएर २२ जनाको समूह बनेको हायु परिवारले मंगलबार विहान फेवाताल घुमफिर गरेका हुन्। फेवाताल घुमफिरका क्रममा उनीहरूले फेवातालको बिच भागमा रहेका ताल बाराही मन्दिरको दर्शनसमेत गरे।

ताल बाराही मन्दिरको दर्शन पश्चात उनीहरू ग.१ख.४५६८ नम्बरको लोकल बस चढेर फर्किएका थिए।

प्रकाशित: १३ श्रावण २०८२ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App