१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

हेटौँडा–काठमाडौं सडक पूर्ण रूपमा सञ्चालनमा

हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक आज विहानबाट सञ्चालनमा आएको छ ।  

सो सडक खण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुख्खा पहिरो पन्छाएपछि आज विहान ९ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। सडकमा माथिबाट पहिरो खस्दा गत शनिवार विहानदेखि सडक अबरुद्ध भएको थियो ।

अबरुद्ध सडकबाट पहिरो हटाउन पछिल्लो दुई दिनदेखिको निरन्तरको प्रयास पश्चयात् सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। सडक सञ्चालन भएसँगै हेटौँडा–काठमाडौँ आवतजावतमा सहजता भएको छ।  

प्रकाशित: ३ भाद्र २०८२ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App