१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

लेदोसहितको पहिरो खस्दा हेटौंडा-भीमफेदी-दक्षिणकाली सडक अवरुद्ध

फाइल तस्बिर

अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

शनिबार बिहान करिब १०ः३० बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

अवरुद्ध सडक खुलाउन जेसीबीको व्यवस्थापन तथा समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८३ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App