गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो, उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृहमन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताए।
मन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझावहरू टोल फ्रि नम्बर १११२,इमेलमा gunaso@moha.gov.np र ह्वाट्एप्प नम्बर ९८५१३६०६०३ मा गर्न सकिने जनाएको छ।
प्रकाशित: ६ असार २०८३ ०६:४१ शनिबार





