१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

आज कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतिर, पश्चिममा नेपालको तराईको नजिक छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।  

आज राति देशभर सामान्य बदली रहनेछ। महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

कोशी र बागमती प्रदेशको पहाडी भूभाग र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित: २४ श्रावण २०८२ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App