२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

कुलमानप्रति हर्कको व्यंग्य : म जता जान्छु त्यतै लाइन काट्नुस् अनि प्रभुशक्तिलाई खुसी बनाउनुस्

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले ऊर्जामन्त्री कुलमान घिसिङप्रति व्यंग्य गरेका छन्।

आफू जता गयो उतै कुलमानले बत्ती काटेको आरोप लगाउँदै उक्त व्यंग्य गरेका हुन्। उनले आफू भोजपुर, तालेजुङ, संखुवासभामा गएको बेला कुलमानले बत्ती काटेको बताउँदै एमसिसीलाई खुसी बनाउन भने।

'कुलमान घिसिङ जी, भोजपुर गएँ लाइन काटिदिनु भो, तालेजुङ गएँ लाइन काटिदिनु भो, संखुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो, अब हेटौंडा जाँदैछु त्यहाँ नि काटिदिनु है!' हर्कले सामाजिक सञ्जालमा लेखे, 'एमसिसीलाई खुसी बनाउनु! प्रभुशक्तिलाई खुसी पार्नु ल!'

प्रकाशित: १८ मंसिर २०८२ २१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App