नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकको प्रधानसम्पादकबाट गुणराज लुइँटेललाई बिदाई गरिएको छ ।
बिहीबार रिपब्लिक मिडिया लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा संस्थापक विनोदराज ज्ञवालीले प्रधानसम्पादक लुइँटेलको बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा ज्ञवालीले लुइँटेलको सम्पादकीय नेतृत्वको प्रशंसा गर्दै नागरिकको संकटपूर्ण यात्रालाई सफलतापूर्वक अघि बढाएको स्मरण गरे । नयाँ नेतृत्व विकास गर्न आफूले छोड्नुपर्ने मागसहित लुइँटेलले बिदा मागेपछि युवा नेतृत्व ल्याउन आफू पनि सहमत भएको ज्ञवालीले बताए ।
नागरिकको यात्रा सुरु गर्दा एक दिन काम गर्ने नीति लिएर आफूले काम गरेको बताउँदै लुइँटेलले आफ्नो नेतृत्व सफल बनाउन संस्था र सहकर्मीले दिएको साथको प्रशंसा गरे ।
नेपाल रिपब्लिका मिडियाले प्रधानसम्पादकबाट लुइँटेललाई बिदा गरेसँगै बालकृष्ण अधिकारीलाई सम्पादकको जिम्मेवारी दिएको छ । नवनियुक्त सम्पादक अधिकारीले सबै सहकर्मीको साथमा नागरिकलाई थप मजबुद बनाउन भूमिका खेल्ने बताएका छन् ।
प्रकाशित: ७ जेष्ठ २०८३ १७:३८ बिहीबार





